सेयर बजार २०.४८ अङ्कले घट्यो

सोमबार असोज १९, २०८३/ Monday 10-05-26
Paschim Today

काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अङ्कको गिरावट आएको छ। 

आज बजार बन्द हुँदा नेप्से परिसूचक २०.४८ अङ्कले घटेर २५६६.७६ विन्दुमा सीमित भएको छ।

आज समग्र कारोबार करिब साढे ३ अर्ब पुगेको छ। कुल ३५९ वटा कम्पनीका ९० लाख ३ हजार कित्ता सेयरहरू किनबेच हुँदा कुल ३ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको हो । दिनभरमा कुल ४४ हजार ७७७ वटा कारोबार सम्पन्न भएका छन्।

आज ३२ कम्पनीको मूल्य उकालो लागेको छ । २४२ कम्पनीको मूल्य घट्दा चार कम्पनी स्थिर छन् । सबै कम्पनीमा पाँच प्रतिशत भन्दा कमको उतारचढाव देखिएको छ ।

आज सर्वाधिक कारोबार घलेम्दी हाइड्रोको २२ करोड हुनु बाहेक अरूको कारोबार १० करोडभन्दा तल नै रहेको छ ।

फाइनान्स, होटल, हाइड्रो र इन्भेस्टमेन्ट क्षेत्र आज १ प्रतिशत भन्दा धेरैले घट्दा ट्रेडिङ बाहेक अन्य सबै सूचक एक प्रतिशत भन्दा कमले घटेका छन् । ट्रेडिङ भने सामान्य बढेको छ ।