जबरजस्तीकरणी उद्योगमा धनगढीका एक युवक पक्राउ

सोमबार असोज १९, २०८३/ Monday 10-05-26
Paschim Today

 कैलाली। जबरजस्तीकरणी उद्योगको आरोपमा धनगढीका एक युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका–१ शिवनगरका बबी सोडारीलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीविरुद्ध पीडित एक युवतीले करिब एक वर्षअघि जबरजस्तीकरणी उद्योगसम्बन्धी जाहेरी दिएकी थिइन्।

उक्त जाहेरीका आधारमा अनुसन्धान अघि बढाउने क्रममा सोडारीलाई धनगढी बाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ। जाहेरी परेपछि उनी लामो समयदेखि प्रहरीको फरार सूचीमा रहेका थिए ।

पक्राउ परेका सोडारीमाथि आवश्यक कानुनी प्रक्रिया र थप अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ ।