बडीमालिकामा केवलकारको अध्ययनका लागि ३ करोड २५ लाख बजेट विनियोजन
आइतबार असोज २५, २०८३/ Sunday 10-11-26
Paschim Today
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बाजुराको बडीमालिका क्षेत्रमा केवलकार सञ्चालनका लागि आवश्यक अध्ययन गर्न ३ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
प्रदेश सरकारले धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको बडीमालिका क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले केवलकार सञ्चालनको सम्भाव्यता अध्ययनका लागि उक्त बजेट छुट्याएको हो।
आर्थिक मामिलामन्त्री चक्र मल्लले आइतबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै बडीमालिकामा केवलकार सञ्चालनका लागि आवश्यक अध्ययन गर्न ३ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिए।


तपाईको प्रतिक्रिया