तिहारपछि खुलेको बजारमा सुन १२ हजार बढीले घट्यो
शुक्रबार कार्तिक २८, २०८३/ Friday 11-13-26
Paschim Today
काठमाडौं- तिहारपछि खुलेको स्थानीय बजारमा सुनचाँदीको भाउ उल्लेख्य रूपमा घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार ३०० रुपैयाँ रहेको थियो। आज (शुक्रबार) सुनको मूल्य १२ हजार ६०० रुपैयाँले घटेर दुई लाख ७१ हजार ७०० रुपैयाँ कायम भएको छ।
त्यस्तै, सोमबार प्रतितोला तीन हजार ८५५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १५५ रुपैयाँले घटेर तीन हजार ७०० रुपैयाँ कायम भएको छ।





तपाईको प्रतिक्रिया