नेपालविरुद्ध पाकिस्तान ‘ए’ ले टस जितेर ब्याटिङ गर्ने
काठमाडौं : एसिया कप राइजिङ स्टार्स अन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा नेपालविरुद्ध पाकिस्तान ‘ए’ ले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ। कतारको दोहास्थित युनिर्भसिटी अफ दोहा फर साइन्स एण्ड टेक्नोलोजी मैदानमा पाकिस्तान ‘ए’ का कप्तान अब्दुल सामदले टस जितेर ब्याटिङको निर्णय लिएका हुन्। टस हारेको नेपालले पहिलो इनिङ्समा बलिङ गर्नेछ।
नेपालले पहिलो खेलमा भारत ‘ए’ सँग ३०६ रनको हार व्यहोरेको थियो। दोस्रो खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको थियो। पाकिस्तान ‘ए’ भने समूह चरणको दुवै खेलमा अपराजित रहेको छ। समूह चरणको पहिलो खेलमा पाकिस्तान ‘ए’ले यूएईलाई ६१ रनले हराएको थियो। दोस्रो खेलमा पाकिस्तान‘ए’ ले भारत ‘ए’लाई ४८ रनले हराएको हो।
पाकिस्तान ‘ए’ ३ खेलमा २ जितसहित सेमिफाइनल प्रवेश गरिसकेको छ। यदि आजको खेलमा नेपालले पाकिस्तान‘ए०’ लाई हराएको खण्डमा नेपालको पनि सेमिफाइनल सम्भावना कायमै रहनेछ। समूह बी अन्तर्गत नै आज भारत ‘ए’ र यूएईले खेलिरहेका छन्। भारत र नेपाल दुवै टिमको २÷२ अंक रहेको छ। तर भारत नेट रनरेटका आधारमा नेपालभन्दा अगाडी रहेको छ।






तपाईको प्रतिक्रिया