Close This

एलपिएलमा सरस्वती माबि र बुद्ध एकेडेमी बिजयी

बिहीबार कार्तिक २९, २०७५/ Thursday 11-15-18
Paschim Today

धनगढी, २९ कार्तिक । 
धनगढीमा जारी तेस्रो निष्ट लिटल फ्लावर टि–२० प्रिमियर अन्तर्गत आज भएको पहिलो खेलमा सरस्वती मा.बि. गेटा कैलालीले भक्तपुर निस्ट स्कुललाई ६ विकेटले पराजित गरेको छ । टच हारेर ब्याडीङको निम्तो पाएको भक्तपुर निस्ट स्कुलले १९.३ ओभरमा सबै विकेट गुमाएर १ सय ६ रन मात्र जोडेको थियो । निस्टको लागि ब्याटिङमा ओपनर सोहन यादवले सर्वाधिक २७, आशिष् कर्णले १५ र अमृत थापाले १२ रनको योगदान दिएका थिए ।

बलीङमा सरस्वती स्कुलका गोबिन्द चन्द र अशोक चन्दले समान ३÷३ विकेट लिएका थिए भने आयुब चन्दले पनि २ विकेट लिएका थिए । जवाफि ब्याडिङमा आएको सरस्वतिले १६.१ ओभरमा ४ विकेट गुमाउँदजित दर्ता गराएको थियो । सरस्वतीको जितमा कप्तान आयुब चन्दले अविजित ४१, अरुण महराले २४, हृदय बिठारिले १८ तथा आशिष् पनेरुले अविजित १० रनको योगदान दिएका थिए । बलिङ तर्फ निष्टका अमृत थापाले २ तथा सोहन यादव र अभिषेक पुर्वेले समान १÷१ विकेट लिएका थिए ।

प्रतियोगितामा लगातार दोस्रो खेलमा पराजय बोहोरेको भक्तपुर निस्ट स्कुल भने प्रतियोगिता बाट बाहिरिएको छ । त्यस्तै आज भएको दोश्रो खेलमा लिटिल बुद्ध एकेडेमी कंचनपुरले एबिसी आवासीय नेपालगन्जलाई ९६ रनको फराकिलो अन्तरले पराजित गरिदिएको छ । लिटिल बुद्धका कप्तान तथा नेपाली अन्डर(१९ टोलिका सदस्य सन्दिप जोराले ब्याटिङ र बलिङतर्फ उत्कृष्ट प्रदर्शन गरेपछी एबिसी आवासियलाई फराकिलो अन्तरले पराजित गरेको हो ।

टस जितेर ब्याटिङ गरेको लिटिल बुद्ध एकेडेमी कंचनपुर निर्धारीत २० ओभर खेल्दै २०१ रन बनाएको थियो । लिटिल बुद्धको लागि ब्याटिङमा कप्तान सन्दिप जोराले सर्वाधिक ८३ , सुशील खड्काले ४४ बलमा ५४, कमल सिह ऐरिले अविजित ३२ रनको योगदान दिएका थिए ।

बलिङतर्फ एबिसिको लागि अजय सहानी, विशाल केसि र शुभम बमले समान १÷१ विकेट लिएका थिए । जवाफी ब्याटिङ गरेको एबिसी आवासीय नेपालगन्ज मात्र १४.४ ओभरमा मात्र १०५ रनमै समेटिएको थियो । एबिसी स्कुललाई सस्तैमा समेट्ने क्रममा लिटिल बुद्धका हेमन्त कार्किले ४ , रोचक ऐरले २ , पारस क्षेत्री र कप्तान सन्दीप जोराले समान १ ÷१ विकेट लिएका थिए ।