Close This

मोबाइल एपमार्फत १ घण्टामै श्रम स्वीकृति दिने सरकारको तयारी

मंगलबार चैत ६, २०८०/ Tuesday 03-19-24
Paschim Today

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मोबाइल एपबाट एक घण्टाभित्रै श्रम स्वीकृति दिन तयारी थालेको छ । मन्त्रालयले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) लाई स्तरोन्नति गरी यस्तो सुविधा दिन थालेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले फेमिस प्रणाली सुधारको काम भइरहेको र आउँदो शुक्रबारदेखि सेवा सञ्चालनमा ल्याउने योजना रहेको बताएका छन् । प्राविधिक टोलीसँगको छलफलपछि प्रणालीलाई सुधार गरेर एपबाटै सेवा दिन सकिने निष्कर्षमा आफूहरू पुगेको उनले सुनाए ।

यो सुविधा आएसँगै पहिलो पटक विदेश जान लागेका वा पहिल्यै गइसकेका दुवै सेवाग्राहीले एपबट एक घण्टाभित्र श्रम स्वीकृति लिनसक्ने बताइएको छ । अहिले अनलाइन सेवा भएपनि श्रम स्वीकृति लिन कम्तीमा चार(पाँच दिन लाग्ने अवस्था छ ।