Close This

सेती नदीमा डुबेर एक जनाको मृत्यु

शुक्रबार चैत १६, २०८०/ Friday 03-29-24
Paschim Today

डोटी । डोटीमा सेती नदीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर-१ तिखा कहरेकुडा बस्ने दुलै सिंह खड्काको छोरा वर्ष १८ को महेश खड्का बासुधारा स्थित सेती नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

नदीमा नुहाउने क्रममा दिउसो १२ बजेर ४० को समयमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव नदीबाट निकाएको र घटनास्थलमा पुरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।