एमाले जानकी गाउँ कमिटी कार्यवाहक अध्यक्षको जिम्मेवारी रावललाई
कैलाली । नेकपा एमाले जानकी गाउँ कमिटीको कार्यवाहक अध्यक्षमाको जिम्मेवारी विजय रावललाई दिइएको छ । यस अघि गाउँ कमिटीका अध्यक्ष रहेका खकेन्द्र भण्डारी एमाले जिल्ला कमिटी सदस्यमा निर्वाचित भएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी उपसचिव रावल लाई दिइएको हो ।
कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका विजय रावल राष्ट्रिय युवा संघ नेपालका सुदूरपश्चिम प्रदेश कमिटीका सदस्य र २०७४ को स्थानीय तहको निर्वाचन बाट निर्वाचित वडा सदस्य समेत हुन। कार्यवाहक अध्यक्षमा निर्वाचित भएसँगै कार्यवाहक अध्यक्ष रावलले जानकीमा पार्टीका कामहरू तीव्र गतिमा अघि बढाउने र पार्टी लाई जनतासँग जोडने पार्टीलाई एकढिक्का बनाएर अघि बढ्ने समेत जानकारी दिए।
उक्त भेलामा नेकपा एमाले कैलाली जिल्ला कमिटीका अध्यक्ष यज्ञराज ढुङ्गानासहित निर्वाचित सम्पूर्ण पदाधिकारी र जानकी गाउँपालिका नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो।
तपाईको प्रतिक्रिया