Close This

डोटीमा पहिलो पटक मेसिनबाट धान रोपिँदै

बुधबार बैशाख ५, २०८१/ Wednesday 04-17-24
Paschim Today

डोटी । डोटीमा पहिलो पटक मेसिनको प्रयोगबाट धान रोप्न सुरु भएको छ ।

कृषि ज्ञान केन्द्र डोटीको समन्वयमा जिल्लाको शिखर नगरपालिका–२, कालागाडमा मंगलवार चैते धान रोप्ने क्रममा मेसिनबाट धान रोप्ने प्रविधिको परीक्षण गरिएको छ ।

कृषि कार्यका लागि जनशक्ति नपाइने अवस्था भएको बेला आधुनिक कृषि उपकरणहरुको प्रयोग गरी कृषि कार्यलाई सहज बनाउने उद्देश्यका साथ यो परीक्षण गरिएको ज्ञान केन्द्रका प्रमुख गंगादत्त अवस्थीले जानकारी दिए ।

‘यसले एकातिर श्रमिक नपाइने समस्या समाधान हुन्छ, अर्कोतिर लागत पनि कम हुन्छ’ अवस्थीले भने ‘एक बिगाह जमिनमा मान्छे लाएर रोप्दा करीब १५ हजार खर्च हुन्छ भने मेसिनबाट चार हजार रुपैयाँमै पूरा हुन्छ ।’ मेसिनको प्रयोगले बिउ पनि कम लाग्ने र झण्झट पनि कम हुने उनले बताए ।

अन्य ठाउँमा मेसिनको प्रयोग फस्टाउँदै गएको भएपनि डोटीमा पहिलो पटक परीक्षण भइरहेको अवस्थीले बताए । उनले भने ‘डोटीमा पहिलो पटक प्रयोग भएको छ, यदि किसानहरुले यसलाई रुचाए भने आगामी आर्थिक वर्षमा सहुलियत दरमा उक्त मेसिन उपलव्ध गराउन सकिने छ ।’
धान रोप्ने मेसिनको एक कार्यक्रममाबीच शुभारम्भ गर्दै जिल्ला समन्वय समिति, डोटीका प्रमुख लक्ष्मणवहादुर सिंहले कृषिमा आधुनिकीकरण गर्न सके मात्रै नेपाल आत्मनिर्भर हुन सक्ने बताए । ‘सवै किसानहरुले प्रविधिसंग अभ्यस्त हुनु जरुरी छ’ सिंहले भने ‘यसले लागत पनि कम हुन्छ र समयको पनि बचत हुन्छ ।’

कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले कृषिमा आधुनिकीरण यो मेसिनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने वताए ।
मेसिनको प्रयोगबाट कृषकहरुलाई सहज हुने स्थानीय अगुवा किसान नरेन्द्र शाही बताउँछन् । उनी भन्छन्, ‘हामीले गोरुको सट्टा हाते ट्याक्टर ९पावर ट्रेलर० प्रयोग गर्दा धेरै सहज भएको छ, अब रोप्ने मेसिनले थप सजिलो हुने बिश्वास छ ।