Close This

कप्तान पौडेलले बनाए शतक

शनिबार बैशाख १५, २०८१/ Saturday 04-27-24
Paschim Today

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्धको पहिलो खेलमा कप्तान रोहित पौडेलले शतक बनाएका छन् । उनले ४७ बलमा शतक बनाएका हुन् । नेपालले १७।२ ओभरमा ४ विकेटको क्षतिमा १ सय ७८ रन बनाएको छ ।

यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ४ रन बनाएको थियो । खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।