चरेश मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ
बुधबार असार ११, २०८२/ Wednesday 06-25-25
Paschim Today

कञ्चनपुरः चरेश मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत कञ्चनपुरको मिति २०८० पुस १३ गतेको फैसलाले लागूऔषध (चरेश) मुद्दामा ९ महिना कैद सजाय र ४ हजार जरिवाना तोकिएपछि फरार रहेका कृष्णपुर नगरपालिका४ त्रिवेणी चोक बस्ने ४० वर्षीय कमल दल्याल पक्राउ परेका हुन्। दल्याललाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय गुलरियाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले मंगलवार उनकै घरबाट पक्राउ गरेको हो।
तपाईको प्रतिक्रिया