नेपालले अस्ट्रेलियामा ‘टप एण्ड टी-२० सिरिज’ खेल्ने
शुक्रबार असार १३, २०८२/ Friday 06-27-25
Paschim Today

काठ्माण्डौँ- आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली आगामी अगस्टमा अस्ट्रेलिया भ्रमणमा निस्कने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार टोलीले अस्ट्रेलियाको डार्विनमा हुने 'टप एन्ड टी–२० सिरिज' मा सहभागिता जनाउनेछ ।
सिरिज २०२५ अगस्ट १४ देखि २४ सम्म सञ्चालन हुनेछ । नेपालले डार्विनस्थित डिएक्ससी एरेना, टिआईओ स्टेडियम र क्याजलीज एरेनामा खेल्नेछ । भ्रमण अवधिमा नेपालले कम्तीमा ६ वटा टी–२० खेल खेल्नेछ ।
क्यानले अस्ट्रेलियामा हुने तयारीले आगामी टी–२० विश्वकप छनोटमा नेपाली टोलीको प्रदर्शनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको छ । सिरिजमा नेपालसहित चार अन्तर्राष्ट्रिय टोली सहभागी हुनेछन् ।
अन्य सहभागी टिमको नाम अर्को साता सार्वजनिक गरिने बताइएको छ ।
तपाईको प्रतिक्रिया