गलत मनशायले छुट्याएको बजेट कार्यान्वयन हुँदैन: मुख्यमन्त्री शाह

शुक्रबार असार २०, २०८२/ Friday 07-04-25
Paschim Today

कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गतल मनसायबाट विनियोजित बजेट कार्यान्वयन नहुने बताएका छन्।

शुक्रबार धनगढीमा नेपाल वन प्राविधिक संघ प्रदेश कार्यसमित सुदूरपश्चिमको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली मुख्यमन्त्री शाहले त्यस्तो कुरा बताएका हुन।

‘बजेट भित्र समेटिएका कुनैपनि कार्यक्रम, कुनैपनि योजना चलखेलका आधारमा, लेनदेनका आधारमा, अनावश्यक रुपमा वा आवश्यकता नभएका ठाउँमा बजेट विनियोजन भएको छ, भने त्यो कुनै पनि कार्यान्वयन हुँदैन,’ उनले भने।

बजेट निर्माणका समयमा धेरै टिक्काटिप्पणीहरु आएको बताउँदै मुख्यमन्त्री शाहले आग्रह वा पूर्वाग्रहबाट विनियोजन गरिएको टिकाटिप्पणी सुनिन थालिएको बताए। तर आफू त्यत नलाग्ने उनको भनाइ थियो।

'तर सही के हो र  गलत के हो त्यो विश्लेषण गर्ने जिम्मेवारी सरकारका सबै मन्त्रीको काँधमा छ,' उनले भने, 'सही विश्लेषण गरी रिपोर्टिङ गर्न आग्रह गर्छु,' उनले भने।

मुख्यमन्त्री शाहले विधि, प्रक्रिया र पद्धतिलाई स्थापित गर्दै अगाडि बढ्न र इमान्दारीका साथ सधै आम जनताको पक्षमा रहेर काम गर्न आग्रह गरे।