शनिबारदेखि बजारमा रासायनिक मलको अभाव हुदैन : कृषिमन्त्री
शुक्रबार असार २०, २०८२/ Friday 07-04-25
Paschim Today

काठमाडौं– कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले शनिबारदेखि बजारमा रासायनिक मलको अभाव नहुने बताएका छन् । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा बिहीबार मन्त्रालयबारे ‘ब्रिफिङ’ गर्दै उनले यस्तो बताएका हुन् ।
कृषिमन्त्री अधिकारीले एक लाख १० हजार मल आइपुगेको पार्टीलाई जानकारी गराए । उनले शनिबारसम्ममा देशका विभिन्न स्थानमा रहेका गोदामहरूमा मल पुग्ने पनि बताए ।
‘एक लाख १० हजार टन मल आइपुगेको छ । हाम्रो ३७ स्थानमा गोदाम छ । आज धेरै ठाउँमा लोड भएर भोलिसम्ममा ती गोदामहरूमा मल पुग्दै छ,’ मन्त्री अधिकारीले भने, ‘सम्पूर्ण नेताजीहरूलाई अनुरोध गर्न चाहन्छु– मलाई लाग्छ भोलिबाट मलको समस्या बजारमा नआउला ।’
तपाईको प्रतिक्रिया