सारिकाको ‘गुन भुल्यौ’ गीतलाई युट्युवमा एक करोडभन्दा बढि भ्यूज

बुधबार असार २५, २०८२/ Wednesday 07-09-25
Paschim Today

काठमाण्डौ ।
गायिका सारिका घिमिरेको ‘गुन भुल्यौ पित्तलको सुन पायौ होला’ बोलको गीतलाई युट्युवमा रिलिज भएको डेढ महिनामा एक करोड बढि पटक हेरिएको छ ।

गायिका सारिकाको मार्मिक शब्द चयन र कर्ण प्रिय स्वर स्रोता र दर्शकहरुले निकै रुचाएका हुन् ।

सारिकाको ‘गुन भुल्यौ’ एक महिनायता देश विदेशमा सबैभन्दा बढि सुनिने र हेरिने गीतमा दरिएको छ ।

यो समाचार तयार पारुञ्जेल युट्युवमा एक करोड दुई लाख १४ हजार पाँच सय ८८ पटक हेरिएको सारिकको गीतलाई लिएर सात हजार चार सय ३० जनाले कमेण्ट गरेका छन् ।

अधिकांशले गीत अत्यन्त मर्मस्पर्शी र कर्ण प्रिय भएको बताएका छन् । कतिपयले आफ्नो जीवनसंग मेल खाएको पनि लेखेका छन् । एक जना दर्शकले कमेण्टमा लेखेका छन्, सरल र हृदय छोइहाल्ने चोटिला शब्दहरू, सुन्दर सङ्गीत र बडो मिठो स्वर ! सललल बगेको सुमधुर सङ्गीत, आहा ! एउटा उत्कृष्ट र सम्पूर्ण गीत !

गायिक सारिकाले आफ्नो गीत मन पराएर युट्युवमा गीत हेर्ने र सुन्ने दर्शक र स्रोतालाई धन्यवाद दिदै खुशी व्यक्त गरेकी छन् ।

सारिकाको शब्द, संगीत र स्वर रहेको गुन भुल्यौ गीत जेठ १६ गते रिलिज भएको हो ।

प्रेम, बियोग र प्रेमिकाले दिएको धोकालाई सारिकाले गीतमा अत्यन्तै मर्मस्पर्शी शब्दहरु मार्फत व्यक्त गरेकी छन् ।