कैलालीको गोदावरी खोलाबाट ७ जनाको सकुशल उद्धार
बुधबार असार २५, २०८२/ Wednesday 07-09-25
Paschim Today

कैलाली – कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नं. ०४ स्थित गोदावरी खोलामा श्राद्ध गर्न गएका ७ जना स्थानीय व्यक्तिहरूलाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ।
खोलाको बहाव बढेका कारण खोला तर्न नसकेपछि नेपाली सेनाको देवीदल गणको टोलीले सकुशल उद्धार गरेको हो।
अन्य सुरक्षा निकाय र स्थानीयहरूको सहयोगमा सेनाको टोलीले खोलामा फसेका व्यक्तिहरूलाई सुरक्षित स्थानमा ल्याउन सफल भएको हो।
तपाईको प्रतिक्रिया