मुख्यमन्त्री लामाले दिए राजीनामा, भने- सभापति देउवाकाे आग्रह मानेकाे छु

सोमबार श्रावण २०, २०८२/ Monday 08-04-25
Paschim Today

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा दिएका छन् । आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेर सहमति गरेपछि उनले पत्रकार सम्मेलनमार्फत बागमती प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गरेको जनाएका हुन् ।

उनले आफूले पार्टी सभापतिको कुरा मानेर राजीनामा दिएको जनाए । उनले भने, ‘संविधानले त मलाई मुख्यमन्त्री त अझै सुनिश्चित नै गरेको थियो । तर पार्टीभित्रको बृहत छलफलपश्चात विधि मूल्य र मान्यतालाई आधार मानेर । त्यतिमात्र होइन पार्टी सभापतिले देउवासँगको छलफलमा राजीनामा गरेर मार्ग प्रशस्त गरिदिन आग्रह गरेकाले त्यसलाई शिरोधार्य गर्दै राजीनामा दिने निर्णय गरेको हुँ ।’