यारुबगरमा फसेका १८ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार
आइतबार असोज २५, २०८३/ Sunday 10-11-26
Paschim Today
काठमाडौं । धार्चे गाउँपालिका–१ यारुबगरमा फसेका १८ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । स्थानीय र हाइड्रोमा काम गर्ने कर्मचारी तथा कामदारको उद्धार गरेर सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलले बताए ।
‘तल पनि बाटो नभएको, माथि जान पनि बाटो नभएको बीच ठाउँमा उहाँहरू फस्नुभएको थियो, हेलिकप्टरमार्फत त्यही नजिकै सुरक्षित ठाउँमा पुर्याइएको छ,’ उनले भने । नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षित स्थानमा लगिएको उनले बताए






तपाईको प्रतिक्रिया