जुम्लाको तापक्रम माइनसमा, कहाँको कति ?

आइतबार कार्तिक २, २०८३/ Sunday 10-18-26
Paschim Today

काठमाडौं । देशभरको तापक्रम घट्दो क्रममा छ । चिसो बिस्तारै बढ्दो छ ।

आइतबार (कात्तिक १) बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोही समयमा शनिबार (असोज ३१) काठमाडौंको न्यूनतम तापक्रम १३.८ र शुक्रबार (असोज ३०) १५.० डिग्री मापन गरिएको थियो ।

यस दिन बिहान महाशाखाले सार्वजनिक गरेको १७ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –०.५ डिग्री छ । जुम्लाको न्यूनतम तापक्रम शनिबार १.५ र शुक्रबार ३.० डिग्री मापन गरिएको महाशाखाले जनाएको छ ।

आइतबार ओखलढुंगाको न्यूनतम तापक्रम ६.२, डडेलधुराको ९.९, ताप्लेजुङको १३.७, वीरेन्द्रनगरको १४.३, दिपायलको १५.५, धनकुटाको १५.६, घोराहीको १७.०, पोखराको १७.५ डिग्री सेल्सियस मापन गरिएको छ ।

महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ मा मापन गरिएको अधिकतम तापक्रमको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ ।

“हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ,” महाशाखाले भनेको छ ।

तापक्रमको विवरण हेर्नोस्–

t1-1792298537.JPG