एनपीएल उद्‌घाटनका लागि कीर्तिपुर पुगे प्रधानमन्त्री बालेन

सोमबार कार्तिक १०, २०८३/ Monday 10-26-26
Paschim Today

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्‌घाटनका लागि प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' कीर्तिपुर पुगेका छन् ।

साविक विजेत लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच सोमबार साँझ ५ बजेबाट शुरू हुने खेल उद्‌घाटनका लागि प्रधानमन्त्री बालेन त्रिवि क्रिकेट मैदान कीर्तिपुर पुगेका हुन् ।  उनी केहीबेर अगाडि मात्रै त्रिवि क्रिकेट मैदानमा पुगेका हुन् ।

तेस्रो सिजनको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ । साविक विजेता लुम्बिनी लायन्सले टस जितेर सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।