Close This

१० औं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटको पहिलो खेलमा कर्णालीले सुदूरपश्चिमलाई हरायो

बिहीबार मङ्सिर ११, २०८३/ Thursday 11-26-26
Paschim Today

काठमाडौं : १० औं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष  क्रिकेटमा आयोजक कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशलाई  ६ विकेटले पराजित गरेको छ। 

सुर्खेतस्थित कालिन्चोक क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ८ विकेटको क्षतीमा १२७ रन बनाएको थियो। जवाफी ब्याटिङमा आएको कर्णालीले १३.३ ओभरमा ४ विकेट गुमाउँदै १३३ रनसहित लक्ष्य पूरा गर्यो। 

कर्णालीका लागि विपिन रावलले ६० रनको अविजित अर्धशतकीय पारी खेले। उनले ३५ बलमा समान ४ चौका र ४ छक्का प्रहार गरे। ओपनर मनिष थापा १३ तथा कप्तान रविन्द्र जंग शाही १३ रनमा डगआउट फर्किदा दिनेश अधिकारी १५ रनमा अविजित रहे। 

सुदूरपश्चिम प्रदेशको लागि बलिङतर्फ भोजराज भट्टले २ विकेट लिँदा कप्तान नारायण जोशी र सूर्य श्रेष्ठले १–१ विकेट लिए। 

त्यसअघि, पहिलो इनिङ्मा ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशका लागि अभिषेक पालले सर्वाधिक २८ रन बनाए। उनले २७ बलमा ५ चौका प्रहार गरे। दिपक बोहोराले १८ रन, बसन्त सिंह कार्कीले ११, किरण ठगुन्नाले १४ रन बनाए। नारायण जोशी ११ रन बनाए। दिपक रोकाया १३ रनमा अविजित रहे। 

कर्णाली प्रदेशका लागि दिवान पुन, राज कुमार शाह र दिनेश अधिकारीले २–२ विकेट लिए। प्रकाश जैशी र युनिश विक्रम सिंहले १–१ विकेट लिए।