Close This

कारोबारसहित घट्यो सेयर बजार

बिहीबार मङ्सिर ११, २०८३/ Thursday 11-26-26
Paschim Today

काठमाडौं । बिहीबार सेयर बजार परिसूचक नेप्से १०.८९ अंक घटेको छ । यो कमीसँगै नेप्से २६३६ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से ८.६६ अंक बढेको थियो ।

नेप्से परिसूचक मात्रै नभइ कारोबार रकममा कमी आएको छ । अघिल्लो दिन ६ अर्ब १४ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४८ करोडको भयो । ८६ कम्पनीको मूल्य बढ्यो भने १७९ को घट्यो । त्यस्तै १४ कम्पनीको मूल्य स्थिर रह्यो ।

आज लगानी समूह मात्रै बढ्यो । सो समूहगत सूचक ०.७२ प्रतिशत बढ्यो भने अरु सबै घटे । अघिल्लो दिन विकास बैंक समूह सबैभन्दा धेरै बढेको थियो ।

त्यस्तै बैंकिङ समूह ०.९३, विकास बैंक ०.४८, फाइनान्स ०.४१, होटल तथा पयृटन ०.६२, जलविद्युत् ०.०९, जीवन बीमा ०.३४, उत्पादन तथा प्रशोधन ०.१८, निर्जीवन बीमा ०.४२, अन्य ०.१३ तथा व्यापार १.५२ प्रतिशत घटे ।

युनिक नेपाल लघुवित्तको मूल्य सबैभन्दा धेरै ४.८८ प्रतिशत बढ्यो । गार्डियन माइक्रोलाइफको ४.००, हाथवे इन्भेस्टमेन्टको ३.९८, एपोलो हाइड्रोपावरको ३.०२ प्रतिशत मूल्य बढ्यो ।

एभरेस्ट कलरको मूल्य ४.६०, सर्वोत्तम पेन्ट्सको ३.४८, स्टान्डर्ड चार्टर्ड बैंकको ३.४८, जनउत्थान सामुदायिक लघुवित्तको ३.४१ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा आज हिमालय ऊर्जा विकास कम्पनी, पिपुल्स हाइड्रोपावर, एनआईसी एसिया बैंक, लक्ष्मी सनराइज बैंक, साहस ऊर्जा, ग्लोबल आईएमई बैंक, हाथवे इन्भेस्टमेन्ट तथा कुमारी बैंक क्रमशः अगाडि रहे ।