Close This

रवि लामिछानेले भेटे राष्ट्रपति, अध्यादेशलगायत विषयमा छलफल

शुक्रबार मङ्सिर १२, २०८३/ Friday 11-27-26
Paschim Today

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न सभापति लामिछाने शुक्रबार शीतल निवास पुगेका हुन् ।

त्यसअघि बिहीबार लामिछानेको निवासमा उनी र प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बीच पाँच घण्टा लामो छलफल भएको थियो ।

राष्ट्रपति पौडेलसँगको भेटमा सरकार, संसद्, अध्यादेश र समसामयिक राजनीतिबारे छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले भने भारत भ्रमण जानुअघि राष्ट्रपति पौडेललाई त्यसबारे जानकारी दिएका थिएनन् । उनले फर्किएर आएपछि हालसम्म पनि राष्ट्रपतिलाई भेटेर ब्रिफिङ गरेका छैनन् ।