देउवा समूहको महाधिवेशनमा मोहनबहादुर बस्नेतले महामन्त्रीमा उम्मेदवारी दिने
शनिबार मङ्सिर १३, २०८३/ Saturday 11-28-26
Paschim Today
काठमाडौं । नेपाली कांग्रेसका पूर्व सहभापति शेरबहादु देउवा समूहको महाधिवेशनमा नेता मोहनबहादुर बस्नेतले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
उनले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उम्मेदवारी घोषणाका क्रममा उनले कांग्रेसका पार्टी सभापति गगन थापाहरू पार्टी कब्जा गर्ने शैलीमा अघि बढेको आरोप लगाए । त्यसै कारणले आफूहरुले अर्को महाधिवेशन गर्नु परेको उनको भनाइ छ ।
बस्नेतले सभापति थापाले आफूबाहेक कोहो होइन भन्ने व्यवहार देखाएको उनको आरोप छ ।
पटक-पटक चुनाव जितिरहेका व्यक्तिलाई टिकट नदिएको, पहिले नै क्रियाशील सदस्य अध्यावधिक गरेकालाई पनि हामी चिन्दैनौ भन्ने जस्ता अप्रिय व्यवहार भएको नउले बताए ।






तपाईको प्रतिक्रिया