Close This

ब्रह्माण्डका भुत्याहा कण भनिने अति सूक्ष्म Neutrinoहरू के हुन् ?

सोमबार चैत १२, २०८०/ Monday 03-25-24
Paschim Today

सामान्यतया सामान्य दिनमा आँखा चिम्लदा अँध्यारो जस्तो देखिन्छ। यसको अर्थ हाम्रो आँखाको पलकले प्रकाशका किरण अथवा कणलाई सजिलैसँग छेक्न सक्दछन्| त्यसैगरी एउटा बाक्लो बादलको तहले सूर्यको प्रकाशलाई छेकेर दिनमै रात परेझैँ भान दिलाउन सक्दछ। तर के तपाईं कल्पना गर्न सक्नुहुन्छ ब्रह्माण्डमा एउटा यस्तो सुक्ष्म कण हुन्छ जो  करिब प्रकाशकै बेगमा हिँड्दछ तर जसलाई सम्पूर्ण रुपमा छेक्न करिब खरबौ किलोमिटर बाक्लो धातुको पर्खाल आवश्यक पर्छ| अथवा, त्यस्तो कुन कण होला जुन अर्बौं सङ्ख्यामा प्रत्येक सेकेन्ड हाम्रो शरीर पार गरेर जान्छन्, तर हामीलाई रत्तिभर थाहा हुँदैन। यस्तो सुक्ष्म कणलाई न्युट्रिनो भनिन्छ जो यस ब्रह्माण्डको आधारभूत कणहरूमध्ये एक हो। यो कणलाई सजिलैसँग “देख्न” नसकिने भएको हुनाले यसलाई भुत्याहा कण अर्थात् घोस्ट पार्टिकल पनि भनिन्छ। 

Neutrino को जन्म मुख्यतया न्युक्लियर रियाक्सनबाट हुन्छ। पृथ्वीमा Neutrino को मुख्य स्रोत सूर्य हो जसको गर्भमा हुने न्युक्लियर फ्युजनबाट प्रचुर मात्रामा न्युट्रिनो निस्किन्छ| यस्ता न्युट्रिनोहरु  पृथ्वीलाई सजिलैसँग छिरेर जान्छ मानौ कि त्यहाँ पृथ्वी नै छैन| त्यसैगरी जब एउटा तारा आफ्नो अन्तिम कालमा सुपरनोभाको रुपमा विस्फोट हुन्छ। थुप्रै न्युट्रिनोहरू प्रकाशभन्दा पहिले निस्कन्छन् जसका कारण खगोलशास्त्रीहरूलाई यस्ता सुपरनोभाहरूको तस्बिर लिन आफ्ना टेलिस्कोपहरू आकाशको कुन दिशातिर तेर्स्याउने भन्ने कुरा पहिले नै ज्ञान हुन्छ। 

 न्युट्रिनोहरू तीनवटा फ्लेबर अर्थात् रूपमा पाइन्छन्| प्रकृतिका आधारभूत कण मानिने इलेक्ट्रोन परिवारका तीन सदस्यहरू इलेक्ट्रोन, muon, tau का आ-आफ्ना तीनवटा न्युट्रिनोहरू अर्थात् इलेक्ट्रोनिक न्युट्रिनो,  मिउअन न्युट्रिनो र टाउ न्युट्रिनो हुन्छन् | यी न्युट्रिनोहरू आपसमा छद्मभेसी  हुन्छन्| त्यसैकारण सूर्यबाट पृथ्वीसम्मको यात्रामा न्युट्रिनोहरूले आफ्नो रूप बदल्ने गर्दछन्, अर्थात् सूर्यबाट निस्केको एउटा इलेक्ट्रोन न्युट्रिनो पृथ्वीसम्म आइपुग्दा मिउअन र टाउ न्युट्रिनो मा परिवर्तित  हुनसक्छ|

न्युट्रिनोहरू charge विहीन  हुन्छ। अर्थात् यिनीहरू नेगेटिभ या पोजिटिभ भन्ने हुँदैनन् र यसले ब्रह्माण्डका चारवटा आधारभूत फोर्सहरु strong, weak, electromagnetic र gravity मध्ये र weak force र ग्राभिटीसँग मात्र अन्तरक्रिया गर्दछ। यसमा पनि यसको पिण्ड नगन्नेसरी हुने भएकोले ग्राभिटीले खासै प्रभाव पार्दैन| यिनै कारणहरुले गर्दा प्रयोगशालामा यिनीहरुलाई डिटेक्ट गर्न धेरै कठिन हुन्छ। वैज्ञानिकहरूले यिनीहरूको अध्ययन गर्न विशाल पानीको ट्यांक प्रयोग गरिन्छ जसमा प्रचुर मात्रामा आउने भएका कारणले  केही न्युत्रिनहरूले आकलझुकल पदार्थसँग अन्तरक्रिया गर्ने गर्दछन् र हामीलाई यिनीहरूको आगमनबारे सूचना प्राप्त हुन्छ। 

जबकि थोरै शक्ति भएका न्युट्रिनोहरू हामीले खाने फल केराबाट पनि प्राप्त हुन सक्दछ तर धेरै नै शक्ति भएका न्युट्रिनोहरू सूर्यभन्दा अरबौं गुणा ठूला ब्ल्याकहोलबाट सञ्चालित हुने ग्यालेक्सीहरूबाट सृजित हुने गर्दछ। यस्ता उच्चतम ऊर्जा भएका न्युत्रिनुहरूलाई  डिटेक्ट गर्नको लागि फ्रान्सको राजधानी प्यारिस भन्दा पनि ठूलो क्षेत्रफल भएको अर्जेन्टिनाको जमिनमा सयौं डिटेक्टरहरु  बिछ्याइएको छ र संसारभरका सयौं वैज्ञानिकहरू र खगोलशास्त्रीहरू मिलेर यस्तो अनुसन्धानमा संलग्न छन् |  लेखक  पनि यस्तो सूक्ष्म र गहन अनुसन्धानमा करिब ३ वर्ष सम्म सहभागी भएका थिए|

विज्ञानका थुप्रै खोजहरू जस्तै यसको अस्तित्वको प्रमाण पनि मूलतः भौतिक शास्त्रका स्थापित सिद्धान्तहरूको आधारमा भएको हो। १९३० को दशकमा  प्रयोगशालामा देखिएअनुसार जब एउटा स्वतन्त्र न्युट्रोन प्रोटोन र इलेक्ट्रोनमा विभाजित हुन्छ। यो प्रक्रियामा एनर्जी र मोमेन्टम कन्सर्न भएको देखिएन त्यसबखत वैज्ञानिकहरूले अनुमान गरेकी  यदि त्यहाँ अर्को एउटा अति सुक्ष्म कण भएमा ती सिद्धान्तहरू मान्य हुन्छन् | नभन्दै करिब २० दशकपछि वैज्ञानिकहरुले न्युट्रन डिटेक्ट गरे। यस कार्यले करिब ४० वर्ष पश्चात् १९९५ मा नोबेल पुरस्कार पनि प्राप्त गर्न सफल भयो। 

तपाईँहरू सोच्नुहोला यसरी नगन्ने मात्रामा पिण्ड भएको अति सुक्ष्मकरण जो सजिलैसँग वस्तुहरूबाट छिरेर जान्छ त्यसको यस ब्रह्माण्डमा के प्रयोजन होला| यस्ता अति सुक्ष्म र भुत्याहा गुण हुनुका बाबजुद न्युट्रिनोहरूको ठूलो महत्व हुन्छ।  एक प्रकारले भन्ने हो भने ग्रह र मानव जीवनको सम्भावना नै हुँदैन | सूर्यको गर्भमा हुने न्युक्लियर फ्युजनमा हलुकाबाट गरौं पदार्थहरूको निर्माण हुनुमा यिनीहरूको ठूलो महत्व हुन्छ। | त्यसैगरी खगोलविदहरूका अनुसार ब्रह्माण्डको जन्म अर्थात् Big Bang लगत्तै पछिका न्युट्रिनोहरूका अध्ययनहरूबाट यो ब्रह्माण्डको उत्पत्ति कसरी भयो भन्ने कुरामा थप प्रकाश पार्न सकिन्छ| यस बाहेक यसका विशेष  गुणहरूका कारण यसको भौतिक विज्ञानमा ठूलो अनुसन्धानको विषय रहेको छ। 

(डोटी मूल निवासी खगोलविद भट्टका ब्रह्माण्डबारेका यस्तै रोचक भिडियोहरू यस लिङ्कमा हेर्न सकिन्छ।
https://www.youtube.com/watch?v=YjpDzmt1GpM&ab_channel=GopalBhatta)