दीपेन्द्रसिंह ऐरीले दिए प्रहरीबाट राजीनामा
बुधबार असार ११, २०८२/ Wednesday 06-25-25
Paschim Today

काठमाडौं । क्रिकेटर दीपेन्द्रसिंह ऐरीले प्रहरीबाट राजीनामा दिएका छन् । प्रहरी सहायक हवल्दार पदमा रहेका उनले केही दिनअघि राजीनमा दिएका हुन् ।
दीपेन्द्रको राजीनामा स्वीकृत भएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेले पुष्टि गरे ।
चीनमा सम्पन्न १९ औ एसियन गेन्समा क्रिकेटको टि २० तर्फ ६ छक्का हानेर विश्व रेकर्ड कायम गरेपछि उनले प्रहरी जवानबाट सहायक हवलदारमा विशेष बढुवा पाएका थिए ।
उनले २०८० असोजमा बढुवा पाएका थिए ।
२०७३ सालमा नेपाल प्रहरीको जवानमा भर्ना भएका ऐरी ७ वर्षपछि सहायक हवल्दारमा बढुवा भएका थिए । त्यसको २ वर्ष नपुग्दै उनले पुलिसको जागिर छोडेका हुन् । उनले घरेलु क्रिकेटमा नेपाल पुलिस क्लबको कप्तानी गर्दै आएका छन् । उनकै कप्तानीमा पुलिसले घरेलु क्रिकेटमा दबदबा कायम राख्न सफल भएको छ ।
तपाईको प्रतिक्रिया