प्रहरीमा ४ हजार ७३५ जनशक्ति खाली

आइतबार श्रावण १२, २०८२/ Sunday 07-27-25
Paschim Today

काठमाण्डु – नेपाल प्रहरीमा ४ हजार ७३५ जनाको जनशक्ति खाली रहेको छ । आईतबार प्रहरी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले नेपाल प्रहरीको कुल दरबन्दी ७९ हजार ५४१ रहेको र अहिले ५.९५ प्रतिशत जनशक्ति खाली रहेको जानकारी दिए ।

उनले विद्यमान जनशक्ति ९४.०५ प्रतिशत (७४ हजार ८०६) रहेको बताए । उनका अनुसार वरिष्ठ अधिकृतहरूको जनशक्ति २.८४ प्रतिशत रहेको र प्रहरी वरिष्ठ नायव निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षकको कुल जनशक्तिमध्ये १५.३५ प्रतिशत रहेको छ ।

 

तल्लो आधारभूत प्रहरी वरिष्ठ हवल्दारदेखि प्रहरी कार्यालय सहयोगीसम्म ८१.८१ प्रतिशत जनशक्ति बहाल रहेको छ ।