Close This

प्रेमी बाटै सुमिनाको हत्या

शुक्रबार चैत ९, २०८०/ Friday 03-22-24
Paschim Today

धरान उपमहानगरपालिका वडा नं. १८ मा शव भेटिएको सुमिना श्रेष्ठको हत्या उनकै प्रेमीबाट भएको प्रहरीले बताएको छ । इलाका पहरी कार्यालय धरानले शुक्रबार हत्याका आरोपी सार्वजनिक गरेको हो । प्रेमी धरान उपमहानगरपालिका वडा नम्बर १६ का १९ वर्षीय सविन भन्ने बाबुराम भुजेल रहेको प्रहरीले जानकारी गराएको छ । 

प्रेमीसँग भएको खटपटका कारण हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो । जिल्ला प्रहरी कार्यालय धरानले शुक्रबार उनलाई सार्वजनिक गर्दै सो बारे जानकारी दिएको हो । 
प्रहरीका अनुसार अनुसन्धान कार्य अघि बढाउनुका साथै संलग्न व्यक्तिको बारेमा बुझ्दै जाँदा मृतक प्रेमिका सुमिना श्रेष्ठ र सविन भन्ने बाबुराम भुजेल बिच करिब दुई वर्ष अघिदेखि सामाजिक सञ्जालमार्फत सम्बन्ध गाँसिएको देखिएको २०८० पुस महिनादेखि सुमना श्रेष्ठले ग्लोलोराइस धरानमा काम गर्न थालेपछि सोही कम्पनीमा काम गर्ने प्रदीप श्रेष्ठसँग चिनजान भएको, निज एकआपसमा नजिक हुन थालेको, फेसबुक आइडीसमेत एउटै चलाउने गरेको, जसले गर्दा उनीहरू बिचको सम्बन्ध नजिक भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रेम सम्बन्धकै कारण तीन महिनापछि दुई जनाको प्रेम सम्बन्ध चिसिएको भए पनि सुमिना र प्रेमी भुजेलको काम विशेषले २०८० साल चैत २ गते प्रेमिका सुमिनालाई धनकुटाको मूलघाटमा लगेपछि उनीहरूबिचको सम्बन्ध अझ चिसिएको प्रहरीको भनाइ छ ।

सम्बन्ध चिसिएकै कारण २०८० साल चैत ७ गते अन्दाजी २ः५० बजेको समयमा जिल्ला सुनसरी, धरान उ.म.न.पा वडा नं. १८ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुल बिचमा रहेको एकान्तमा खोल्सामा खुकुरी प्रहार मार्फत घटना गराएर फरार रहेको देखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।